पलेस्वां पुखू सार्वजनिक नैं रहने

पलेस्वां पुखू सार्वजनिक नैं रहने

मध्यपुर थिमि बोडेको ऐतिहासिक पोखरी पलेस्वां पुखूलाई सार्वजनिक पोखरीको रुपमा नैं रहने गरी भक्तपुर जिल्ला अदालतले आज फैसला गरेको छ । यस पोखरीलाई भूमाफियाहरुले बेची नीजि सम्पतिको रुपमा प्रयोजन गर्न लागिएको थियो ।

पोखरी रेखदेख गर्दै आएकी कान्छी पोडेनीले साविक नगदेश गाविसबाट सिफारिस लिएको आधारमा मालपोटबाट पलेस्वां पुखूको लालपूर्जा बनाई टुक्राटुक्रा गरी विक्रि गरेको पाइएपछि स्थानीय बोडेवासीहरुले कान्छी र जग्गा किन्नेहरु विरुद्ध अदालतमा मुद्धा दर्ता गरी यस सावर्जनिक पोखरीको संरक्षणका लागि अभियान चलाउँदै आएका थिए । जिल्ला अदालत भक्तपुरले २०२१ सालको नापीमा सो पोखरी सार्वजनिक नै रहेको पाइएको, र उक्त क्षेत्रको स्थलगत निरिक्षणमा यथास्थितिमै पोखरी रहेको पाइएको उल्लेख गर्दै जिल्ला अदालत भक्तपुरले पलेस्वांपुखूलाई सार्वजनिक पोखरी कै रुपमा कायम गर्ने गरी फैसला सुनाइएको हो ।

कूल १५ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको सो पोखरीको संरक्षणका लागि रहेका कार्यरत स्थानियले अदालतको फैसलामा धिमय् बाजा सहित एक र्‍याली निकाली खुशीयाली मनाएका छन् ।