यसपाली बालकरामले जिब्रो छेड्ने

यसपाली बालकरामले जिब्रो छेड्ने

पुष्कर बुढाथोकी

धेरैले जिब्रो छेड्ने जात्रा भन्ने बित्तीक्कै बैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा सम्झन्छन् ।तर मध्यपुर थिमीको दिगुु टोल स्थित दिगुभैरब मन्दिर अगाडीको डबलीमा पनि इन्द्रजात्राको भोली पल्ट जिब्रो छेड्ने जात्रा मनाईन्छ ।बिगतमा संचालन भएर ११ वर्षसम्म सञ्चालनमा नआएको यो जिव्रो छेड्ने जात्रा गत बर्षबाट पुन: सञ्चालनमा आएको हो । इन्द्रजात्राको भोली पटक निस्कने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा आर्थिक तथा विभिन्न कारणले संकटमा पर्दै आइरहेको थियो ।

मध्यपुर थिमि नगरबासी तथा विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा यस पटक मध्यपुर थिमि –५, चोडे टोल निवासी ४० बर्षिय बालकराम नानी श्रेष्ठले जिब्रो छेड्ने भएका छन् ।उहाँले चोडे टोलमा आयोजित एक कार्यक्रममा जिब्रो छेड्ने निर्णय गर्दै म्ये प्वाखनिगु जात्रालाई पुनजागृत गर्ने साहसिक निर्णय लिनु भएको हो ।गत बर्ष भाद्र २१ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का २९ वर्षिय विरेन्द्रभक्त गजु श्रेष्ठले जिव्रो छेडेका थिए ।

जात्रालाई व्यवस्थित एवं अर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति समेत गठन गरिएको छ । जात्रा सम्बन्धी जानकारी दिने उद्देश्यले ब्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा समितिका सचिब हरिसुन्दर श्रेष्ठले पौराणिक कथन अनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दाहरुलाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले पीडित भएपछि थिमिका जनताहरुलाई दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधन गरेपश्चात भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुईरोले जिव्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरुको रहेको भन्दै भागेको जनश्रुति रहेको बताउनुभयो ।

प्रत्येक बर्ष भाद्र शुक्ल पुर्णिमाको बेलुका करिब ८ वजे थिमिकै दिगुु टोल स्थित दिगुभैरब मन्दिर अगाडीको डबलीमा जिब्रो छेडाउने भन्दै अध्यक्ष श्रेष्ठले जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडीदेखि नै तयारी गर्नुपर्ने बताउनुभयो । जिब्रो छेड्ने नातु (सुईरो) बनाउनका लागि करिब एक महिना अगाडी नातु बनाउने नकर्मीलाई खबर गर्न जानु पर्ने भन्दै उहाँले नातु बनाउन खबर गर्न जाँदा रातो भाले, समेबजि सहित नकर्मीको घरमा जाने र नकर्मीले नातु बनाईसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नु पर्ने प्रचलन रहेको बताउनुभयो । उहाँले जात्रामा त्रिशुल जस्तै तीन तिर भएको नातु(सुईरो) बनाएको बताउनुभयो ।

जिब्रो छेड्न आठ दिन अगाडी द्यः दुसालेगु भन्ने गरेको र बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको वलि दिएर बालकुमारीको साधना गर्नुपर्ने बताउनुभयो । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमाहरुले अहिले पनि हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राख्ने प्रचलनमा रहेको जानकारी दिदैं अध्यक्ष श्रेष्ठले इन्द« जात्राको दिनमा बालकुमारीमा छ्वयला ब्वः, रातो भालेको बलि सहितको पूजागरि भोज खुवाउने चलन रहेको समेत बताउनुभयो । त्यसैको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ ।

जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुभैरवसम्मको स्थानमा बत्ति दिन गईन्छ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यतिm) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यतिmमा दैविक शतिm प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईन्छ । सयौं जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि म्यं (महादिप) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दा सँगसँगै नगरपरिक्रमा गर्दछ ।

जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपति सम्म पनि परिक्रमाका लागि गएको देखिन्छ । इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सो सुइरो निकालिन्छ । सुईरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुईरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिन्छ । त्यस पछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ । भोज खाईसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पुजा गर्न जानु पर्ने प्रचलन रहेको छ ।

२०५३, २०५९ र २०६३ सालमा गरी कृष्ण नानिचा श्रेष्ठले तीन पटक जिव्रो छेडेका थिए ।स्थानीय संस्कृतिकर्मी प्रदिप श्रेष्ठले नगरको लोपोन्मुख संस्कृति, जात्राहरुलाई संरक्षण गर्न सम्बन्धित निकायले आवश्यक चासो देखाउनु पर्नेमा जोड दिनुभयो । कला, संस्कृतिले धनी मध्यपुर थिमिमा प्रत्येक वर्षको बैशाख २ गते बोडेमा र इन्द्रजात्राको भोली पटक येया पुन्हिमामा थिमिमा गरी बर्षमा दुई पटक जिव्रो छेड्ने जात्रा हुने गरेकोे सञ्चारकर्मी रामकृष्ण शंखदेवले बताउनुभयो ।

मन्दिर परिसरमा ठोकेको सुईरोको प्रकृति हेर्दा ३५० बर्ष भन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा शुरु भएको र एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको दखिन्छ । जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरको नै हुनुपर्ने भएता पनि यां मता(आकाशदीप) मानन्धरहरुले बोक्नु पर्ने हुन्छ। त्यस्तै नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाय्खि बाजा बजाउने र कुस्ले(कपाली)ले मुहाली बजाउने परम्परा रहेको भए पनि यसजात्रालाई सम्पुर्ण थिमिबासीको सामुहिक सहभागितामा संचालन हुने जात्राको रुपमा लिईन्छ ।